काठमाडौं– सूर्यदर्शन सहकारी रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको कास्की जिल्ला अदालतमा म्याद थप सम्बन्धी बहस सुरू भएको छ । कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरू भएको हो । 

लामिछानेलाई गत शुक्रबार पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ गरी पोखरा लगिएको थियो । उनलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा म्याद थपका लागि पुन: अदालतमा पेश गरिएको हो । यस्तै, पूर्व डीआईजी जोशीलाई पनि आजै अदालतमा पेश गरिएको छ ।