काठमाडौं— बाजुराको बडीमालिका नगरपालिकामा अरिङ्गालले चिलेर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

गएको असोज २५ गते अरिङ्गालले चिलेर टोकेर घाइते भएका ६० वर्षीय डम्मबहादुर साउदको १० दिनपछि उपचारको क्रममा ज्यान गएको हो । 

OM Sai Pathibhara Hospital

उनको भारतको नायर अस्पतालमा उपचार भइरहेको थियो । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको आफन्त नरेन्द्र थापाले बताए ।

असोज २५ गते घरबाट आधा घण्टाको दूरीमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए । यही घटनामा स्थानीय बासिन्दा ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै ज्यान गएको थियो ।