खोटाङ— कुभिण्डेमा बोलेरो दुर्घटना भएको छ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । 

घाइतेहरुको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

रावा बेसी गाउँपालिका-४ डुम्रेधारापानीबाट दिक्तेल आउँदै गरेको स १ ज ५५८ नम्बरको बोलेरो कुभिण्डे हाँचेकामा मंगलबार बिहान करिब ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

बोलेरो ब्रेक फेल भएर सडकमै पल्टिएको थियो । चालकसहित ८ जना यात्रु रहेको बोलेरो दुर्घटनाहुँदा ६ जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।