काठमाडौं— विपद् उद्धार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको निधन भएको छ । बडूवालको  नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापा जानकारी दिए । 

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेपलान्चोकको पनौती नगरपालिका ५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेसँगै बडुवालले कमान्ड गर्दै काममा निरन्तर खटेका थिए । 

OM Sai Pathibhara Hospital

असोज ११ गते देखिको अविरल वर्षाका कारण त्यस क्षेत्रमा भएको धनजनको क्षतिमा उद्धारमा उनी नेतृत्वकव टोलीले उत्कृष्ट कार्य गरेको थियो । 

काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मङ्गलटार , कालढुङ्गा, बाल्टिङ लगायतका स्थानमा खटिएसँगै उहाँलाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरी उपचार गरेकोमा सोमबार बिहान उनको निधन भएको हो । 

बर्दिया घर भएका बडुवालले २०६० सालदेखि सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए ।