काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुँदै गर्दा चितवन साहारा सहकारीका पीडितहरूले नारायणगढको लायन्स चोकमा प्रदर्शन गरेका थिए। प्रहरीले उनीहरूलाई कार्यक्रमस्थलमा पुग्न नदिएर नियन्त्रणमा लियो।
पीडितहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा ढुङ्गा प्रहार भएको दाबी गरेका छन्। साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले समस्या सुनाउन खोज्दा हस्तक्षेप भएको बताए।