हेटौँडा– पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल रहेका छन्। 

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार, बिहान ३ बजे पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरमा यात्रा गरिरहेका अभिषेक र राहुललाई रोकी जाँच गर्दा उनीहरूको साथबाट आठ वटा बिस्कुट आकारको सुन बरामद गरिएको हो। सुनको तौल ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको छ।

प्रहरीले उक्त सुनको मूल्य आजको बजार मूल्यअनुसार करिब ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाउने तयारी भइरहेको छ।