काभ्रे– काभ्रेमा शुक्रबार र शनिबार अविरल परेको वर्षाको कारण बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेमा आजसम्मको तथ्यांकअनुसार ५ जना अझै बेपत्ता रहेका छन्।
काभ्रेमा सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाको ज्यान गएको छ भने वेथानचोक गाउँपालिकामा १२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै तेमाल गाउँपालिकामा ९, मण्डनदेउपुर नगरपालिकामा ७, रोशी गाउँपालिकामा ७, नमोबुद्ध नगरपालिकामा ५, भुम्लु गाउँपालिकामा ३, बनेपा नगरपालिकामा ३ र धुलिखेलमा २ चौरीदेउरालीमा १ जनाले ज्यान गुमाएका छन् ।
बेपत्ताको खोजीकार्य सँगै स्थानीय तहले सहयओग सङ्कलन अभियान सुरु गरेका छन्।