काठमाडौं–अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा आएको ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या दुई सयभन्दा बढी पुगेको छ, र उद्धारकर्मीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् । 

हेलेनको कारण आधाभन्दा बढीको मृत्यु नर्थ क्यारोलिनामा भएको छ । यो आँधी सन् २००५ मा आएको क्याट्रिना तूफानपछि यहाँको सबैभन्दा घातक आँधी साबित भएको छ । क्याट्रिना आँधीले सन् २००५ मा १८ सयभन्दा बढीको मृत्यु भएको थियो । 

OM Sai Pathibhara Hospital

हालको आँधीको असरका कारण झण्डै एक हप्ता बितिसक्दा पनि सयौं मानिस अझै पनि बेपत्ता छन् । यो अवस्था उद्धारका प्रयासलाई जटिल बनाइरहेको छ, र करिब ८ लाख घरहरू अझै पनि बिजुलीविहीन रहेका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन् । आँधीले पुर्याएको क्षति र उद्धार प्रयासको अवस्थाबारे थप जानकारी संकलन गर्दै, बाइडेनले प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक सहयोग सुनिश्चित गर्नको लागि प्रतिवद्धता जनाएका छन् ।