काठमाडौं– इजरायली सेनाले बिहीबार बेरुतको एक बंकरमा गरेको हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहका भाइ हसिम सैफिद्दीनको मृत्यु भएको छ । टाइम्स अफ इजरायलका अनुसार, इजरायली विमानहरूले भूमिगत बंकरमा बमबारी गर्दा हिजबुल्लाहका शीर्ष अधिकारीहरू बैठकमा उपस्थित थिए ।

न्युयोर्क टाइम्सका अनुसार, सैफिद्दीन त्यस बैठकमा उपस्थित थिए कि थिएनन् भन्ने स्पष्ट जानकारी छैन। हालसम्म यस आक्रमणमा कति जनाको ज्यान गएको छ भन्ने कुरा पनि खुल्न सकेको छैन ।

OM Sai Pathibhara Hospital

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हिजबुल्लाहले सैफिद्दीनको मृत्युबारे कुनै बयान जारी गरेका छैनन् । हिजबुल्लाहका स्रोतहरूका अनुसार, गत हप्ता नसरल्लाहको मृत्युपछि सैफिद्दीनलाई उनको उत्तराधिकारी मानिएको थियो ।

सैफिद्दीनले आफूलाई पैगम्बर मोहम्मदको वंशज मान्ने र नसरल्लाह जस्तै कालो पगडी लगाउने गर्दछन् । अमेरिकाले २०१७ मा उनलाई आतंकवादी घोषणा गरेको थियो, र उनी हिजबुल्लाहका राजनीतिक मामिलाहरूको जिम्मेवारी सम्हाल्छन् । साथै, उनी जिहाद काउन्सिलका अध्यक्ष पनि हुन्, जसले संगठनको सैन्य अभियानको योजना बनाउँछ ।