काठमाडौं–चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ । हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंह बिहीबार साँझ हात्ती प्रजनन केन्द्र जाने क्रममा आक्रमणमा परेका हुन् ।

निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार, जग्दु पुल क्रस गरेर हिँड्दै गर्दा सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गरेको हो । यस घटनामा जग्दुका साथमा रहेका एक जना भागेर बाँच्न सफल भएका छन् ।