काठमाडौं–सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल पुनः बढेको छ । कोशी ब्यारेज हुँदै गन्तव्यमा जानेहरू निश्चिन्त देखिएका छन् । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढ्दा यहाँ आवतजावतमा रोक लगाइएको थियो ।
गर्मीयाम र चाडपर्वका बेला सधैँ चहलपहल हुने यस स्थानमा पुरानै अवस्था फर्किन थालेको स्थानीय भागवत मण्डलले बताएका छन् । दसैंको समयमा कोशी पुलमा विभिन्न स्थानबाट वनभोजका लागि आउने भीडको विश्वास यो वर्ष पनि कायम रहने छ ।
भारत विहार राज्यको सुपौलका भागवत मिस्त्रीले यहाँको अवस्था सुधार हुँदै गएको र अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढेको बताए । कोशी क्षेत्रमा शम्भु यादवले पनि विद्यार्थीहरूको घुमफिर र वनभोजका लागि आउने बृद्धि भएको बताए ।