काठमाडौं— साउदी अरेबियाका राजा सल्मान र प्रधानमन्त्री मोहम्मद बिन सल्मान बिन अब्दुलाजिज अल साउदले नेपालमा वर्षाको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेललाई पठाइएको सन्देशमा साउदी अरबले नेपालको पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपालस्थित साउदी राजदूतावासले पनि बाढीपहिरोमा मृत्यु भएका व्यक्तिको प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचार र उद्धारमा साउदी अरबको समर्थन रहने बताएको छ।