काठमाडौं – केही दिनको अविरल वर्षाले आएको बाढी, पहिरो र डुबानले हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना अझै बेपत्ता छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यो प्राकृतिक विपद्मा १४३ जना घाइते भएका छन्। बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्न र अन्य राहत सामग्री उपलब्ध गराइँदै छ भने घाइतेहरूको निःशुल्क उपचार भइरहेको छ।

OM Sai Pathibhara Hospital

सरकारले खोज, उद्धार र राहतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ भने अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको जानकारी दिइएको छ।