काठमाडौं–अविरल वर्षाका कारण देशभर बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ । प्रहरीका अनुसार अहिलेसम्म २०० जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । २६ जना अझै बेपत्ता छन् ।

प्रहरीले ४ हजार २२२ भन्दा बढी मानिसलाई उद्धार गरेको जानकारी गराएको छ । सडक अवरुद्ध भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । प्रहरीले बाटो खुलाउने प्रयास जारी राखेको छ ।

OM Sai Pathibhara Hospital

लामो दूरीको यात्रा गर्नु पर्ने अवस्था आएमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।