काठमाडौं – बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १०१ जना घाइते भएका छन्।

ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु र पाँचथरमा ५-५, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् ।

OM Sai Pathibhara Hospital

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुली र धनकुटामा २-२, महोत्तरीमा २, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी, र नुवाकोटमा १-१ जनाको मृत्यु भएको छ ।

प्रभावित क्षेत्रमा ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएका छन् भने हालसम्म ३,०३९ जनाको उद्धार गरिएको छ ।