काठमाडौं–धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोले पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ। बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबस र नम्बर नखुलेको बसबाट ती शवहरू निकालिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । उनका अनुसार, पहिरोले तीन वटा सवारीसाधन पुरिएका छन् भने उद्धार कार्य जारी छ ।