काठमाडौं–दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधीले कम्तीमा ४३ जनाको ज्यान लिएको छ भने लाखौं मानिस बिना विद्युत जीवन बिताउन बाध्य छन् । बाढीको पानीमा फसेका मानिसहरूलाई डुङ्गा, हेलिकप्टर, र ठूला सवारी साधनमार्फत उद्धार गरिँदैछ । 

टेनेसी अस्पतालमा फसेका ५० जना कर्मचारी र बिरामीलाई पनि उद्धार गरिँदैछ । बिहीबार राति फ्लोरिडाको तटमा ठोक्किएको यो आँधीलाई अहिलेसम्मकै शक्तिशाली आँधी मानिएको छ, जसले उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सर्ने क्रममा ठूलो नोक्सानी पुर्याएको हो । बीमा कम्पनीहरूले आँधीका कारण अर्बौं डलरको क्षति भएको बताएका छन् ।