काठमाडौं—वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा ५१ वर्षीय लिला बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

बाणगंगा नगरपालिका–७, कपिलवस्तुका निवासी खड्काले टर्की पठाइदिन्छु भन्दै एक पीडितबाट ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई काठमाडौं बाफलबाट पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

उनलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको छ  ।