काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे‚ राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल‚ उपप्रधानमन्त्रीहरू विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहसहित मन्त्रीहरू‚ सांसदहरू‚ र सुरक्षा अधिकारीहरूले ओलीलाई बिदाइ गरेका थिए । 

प्रधानमन्त्री ओलीले महासभाको साधारण बहसमा असोज १० गते सम्बोधन गर्नेछन् । न्युयोर्कमा रहँदा उनले एलडिसीको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नुका साथै अन्य उच्चस्तरीय बैठकहरूमा भाग लिनेछन् । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य‚ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा‚ सल्लाहकार विष्णुप्रसाद रिमाल‚ परराष्ट्र सचिव सेवा लम्सालसहित अन्य अधिकारीहरू छन् । उनी असोज १४ गते स्वदेश फर्किनेछन् ।

kp 3 2

kp oli 2 2

KP Oli 1 4

kp 6

kp 4