काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा एसईईको नतिजा सुधार्न ७० प्रतिशतको लक्ष्य राख्ने नीतिगत पहल गरेको जानकारी गराएका छन् ।
राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै ‘अनलाइन’ कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न लागेको जानकारी गराए । हाल एसइईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् ।
राष्ट्रिय शिक्षा दिवस, २०८१ को कार्यक्रमसँगै शिक्षा क्षेत्रका विभिन्न उत्कृष्ट क्याम्पस, विद्यालय, र संस्थालाई पुरस्कार वितरण गरियो । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको छ ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधार मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो ।





 
                     
                                        
                                                                                                 
        








 
        





























 
        