काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु भएको छ । सभापति रवि लामिछाने र पदाधिकारीहरूले बिहान घण्टी बजाएर भेलाको उद्घाटन गरे । दुई दिनसम्म चल्ने यस भेलामा देशभरबाट १५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । 

भेलामा विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब, र लिडरसिप एकेडेमी लगायतका एजेन्डामा छलफल हुनेछ । आज पहिलो दिन विभिन्न प्रतिवेदनहरू पेस गरिनेछ भने भोलि सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

OM Sai Pathibhara Hospital

rsp 5

rsp2

rsp6

rsp 1

rsp4

rsp