काठमाडौं–मध्य र पूर्वी युरोपका धेरै देशहरूले अहिले भारी वर्षा र बाढीको भयानक बितन्डा भोगिरहेका छन् । बाढीबाट हजारौं मानिसहरूलाई प्रभावित छन्, ठूलो जनधनको क्षति पुर्याएको छ । 

अस्ट्रियामा बाढीको उद्धार कार्यमा संलग्न एक अधिकारको ज्यान गएको छ, र राजधानी भियनासँग जोडिएको प्रान्तलाई प्रकोप क्षेत्र घोषणा गरिएको छ । यसलाई अप्रत्याशित र डरलाग्दो भनिएको छ । 

OM Sai Pathibhara Hospital

पोल्याण्डमा पनि बाढीका कारण एक जनाको मृत्यु भएको छ, र प्रधानमन्त्री डोनाल्ड टस्कले बाढीका कारण प्राकृतिक प्रकोपको अवस्था घोषणा गरेका छन् ।

रोमानियामा भीषण वर्षा र बाढीका कारण पाँच जनाको मृत्यु भएको छ । चेक गणतन्त्र पनि भारी वर्षाको सामना गरिरहेको छ, त्यहाँ तीन महिनाको वर्षा मात्र तीन दिनमा परेको उल्लेख छ । मृत्युको सही तथ्याङ्क अझै थाहा छैन ।

यी प्रभावित देशहरूले बाढीको प्रभाव कम गर्न उद्धार र राहत कार्यमा संलग्न भएका छन् ।

GXjvMefbgAApxxe

GXjvMejacAAXQI7

GXjvMehacAAZyfc

GXjvMegbMAAh0db

Flood 1

Rain