काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकमा सहकारी समस्या समाधानबारे गहन विचार राख्दै, सरकारको तर्फबाट प्रतिबद्धता जनाएका छन्। उनले ठगीमा संलग्न दोषी उम्कन नदिने र निर्दोषलाई फस्न नदिने गरी छानबिन गर्न समितिलाई निर्देशन दिए। प्रधानमन्त्रीले समितिको प्रतिवेदन पर्खिरहेको र त्यसको कार्यान्वयनपछि समस्या समाधान हुने बताउँदै, व्यक्तिको अनुहार नभई तथ्य र व्यवहारलाई आधार बनाएर निष्कर्षमा पुग्नुपर्ने धारणा राखे।







 
                     
                                        
                                                                                                 
        








 
        





























 
        