काठमाडौं–नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलनामा अमेरिकी डलरको मूल्यमा कमी आएको छ भने युरो र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । 

अमेरिकी डलरको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा कायम भएको छ । 

OM Sai Pathibhara Hospital

अन्य मुद्राहरुमा पनि सामान्य परिवर्तन आएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक जानकारी राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने बताइएको छ ।


14th Dollar