काठमाडौं – गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र अन्य वरिष्ठ अधिकारीहरूले दुवाडीलाई कार्यालयमा स्वागत गरेका थिए।

निरीक्षणको क्रममा दुवाडीले अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरे। साथै, उनले प्रहरी संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर, र डिजिटल फरेन्सिक ल्याबको पनि निरीक्षण गरेका छन्। 

OM Sai Pathibhara Hospital

गृहसचिव दुवाडीले नेपाल प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा खेलेको भूमिकाको सराहना गर्दै प्रहरी सेवा अझ व्यवस्थित र नागरिकमैत्री बनाउनुपर्ने बताए। उनले प्रहरी कर्मचारीको दक्षता विकासका लागि गृह मन्त्रालयले आवश्यक सहयोग गर्ने पनि उल्लेख गरे। 

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको विभिन्न कार्ययोजनाबारे जानकारी दिँदै प्रहरी सेवाको आधुनिकीकरणमा मन्त्रालयको मार्गदर्शन आवश्यक रहेको बताए।

Dawadi

Dawai 1

Dawadi 2

Dawadi 3

Dawadi 4

Dawadi 5

Dwadi 4

Final