काठमाडौं–भियतनाममा यागी आँधीले हालसम्म १२७ जनाको ज्यान लिएको छ भने ५४ जना बेपत्ता भएका छन् । शनिबारदेखि आँधीले भारी वर्षा, बाढी, र पहिरोको अवस्था सिर्जना गरेको छ, जसले उत्तरी भियतनामलाई गम्भीर रुपमा प्रभावित पारेको छ ।

हजारौं मानिस आफ्नो घरको छतमा फसेका छन् र सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिरहेका छन् । यागी आँधीले १५० किमी प्रतिघण्टाको वेगमा हावा चलाएको छ, जसले पुल र भवनहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

OM Sai Pathibhara Hospital

यसअघि, दक्षिणी चीन र फिलिपिन्समा पनि यागी आँधीले २४ जनाको ज्यान लिएको थियो ।