काठमाडौं–एक हप्तामा ३० हजारभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान‚ इरान‚ र टर्कीबाट आफ्नो मातृभूमि फर्किएका छन् । तालिबान सरकारका अधिकारीका अनुसार‚ फिर्ता भएका शरणार्थीमध्ये करिब २५ सय पाकिस्तान‚ करिब १९० टर्की‚ र बाँकी इरानबाट आएका हुन् ।

पछिल्लो वर्षमा कुल एक लाख ७८ हजार अफगान शरणार्थी विदेशबाट फर्किएका बताइएको छ । अफगानिस्तानको कार्यवाहक सरकारले अफगानी नागरिकलाई विदेशमा शरणार्थीको रूपमा बस्न छोडेर स्वदेश फर्कन र मातृभूमिको पुनर्निर्माणमा योगदान दिन बारम्बार आह्वान गर्दै आएको छ ।