काठमाडौं–उत्तर प्रदेशको राजधानी लखनऊको ट्रान्सपोर्ट नगरमा शनिबार एउटा भवन भत्किएर ठूलो दुर्घटना भएको छ ।

यस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । सो दुर्घटनामा २८ जना घाइते भएका छन् । उद्धार कार्यमा एनडीआरएफ र एसडीआरएफका टोली घटनास्थलमा खटिएका छन् ।

OM Sai Pathibhara Hospital

अहिलेसम्म कुल २४ जनालाई उद्धार गरिएको छ, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एनडीआरएफ, एसडीआरएफ, दमकल सेवा, नगरपालिका, बिजुली विभाग, चिकित्सा विभाग सबै राहत र उद्धारमा खटिएका छन् ।