काठमाडौं–भारतको मणिपुर राज्यमा विद्रोहीको रकेट आक्रमणले एक जनाको ज्यान गएको र छ जना घाइते भएका छन्। उक्त आक्रमणपछि शनिबारदेखि सबै विद्यालय बन्द गर्ने आदेश जारी गरिएको छ। आक्रमण बिष्णुपुर जिल्लामा कुकी विद्रोही समूहले गरेको स्थानीय प्रहरीले जनाएको छ।

राज्यमा हिन्दू मेइतेई र इसाई कुकी समुदायबीचको जातीय विभाजनका कारण एक वर्षदेखि द्वन्द्व जारी छ। सरकारले विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। 

OM Sai Pathibhara Hospital

विद्रोहीहरूले ड्रोनको प्रयोग गरी विस्फोटक पदार्थ खसालेर आक्रमण गरेका थिए। यस घटनामा सुरक्षाकर्मीहरूले पनि जवाफी कारबाही गरेका छन्। मानव अधिकारवादी समूहहरूले स्थानीय नेताहरूले जातीय विभाजनलाई राजनीतिक लाभका लागि चर्काएको आरोप लगाएका छन्।