एजेन्सी- टर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्त्याउने चेतावनी

टर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्याउने चेतावनी दिएको छ । 

OM Sai Pathibhara Hospital

टर्कीका वातावरणमन्त्री मुरात कुरुमले बिहिबार पश्चिमी इज्मिर खाडीमा ठूलो पर्यावरणीय प्रकोप आउनसक्ने घोषणा गरेका हुन् । 

हालैका हप्ताहरूमा ठूलो संख्यामा माछाहरु मरेपछि दुर्गन्ध फैलिएसँगै मन्त्री कुरुमले सो घोषणा गरेका हुन् । 

प्रभावित क्षेत्रको भ्रमणका क्रममा कुरुमले प्रदुषणका कारणले खाडीको पानीमा अक्सिजनको स्तर कम भएपछि संकटको चेतावनी दिएका हुन् । 

इज्मिर खाडीमा जमिनबाट हुने प्रदुषणका कारण श्वासप्रश्वासमा समस्या आउनसक्ने चेतावनी दिइएको छ । 

अक्सिजनको स्तर सामान्य रूपमा प्रतिलिटर ६ मिलिग्राम हुनुपर्छ । 

तर त्यहाँ १.८ मिलिग्रामसम्म घटेको र कतिपय क्षेत्रमा शून्य पनि भएको बताइएको छ ।