काठमाडौं–अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई बागलुङमा सम्मानित गरिएको छ । बागलुङ नगरपालिकाले उनलाई रु २५ हजार‚ प्रशंसापत्र‚ र दोसल्ला ओढाएर सम्मान गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा विश्वकर्मालाई सम्मानित गरेका हुन् । 

 भारतीय सेनाको टोलीसँग प्राविधिकका रूपमा यात्रा गरेका विश्वकर्मा १९८६ मा अन्टार्क्टिका पुगेका थिए । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले विश्वकर्माको योगदानको कदर गर्दै सम्मान गरेकाे जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

विश्वकर्मा हाल बुटवल उपमहानगरपालिकामा बस्दै छन्‚ जहाँ ॅभुवनसिंह मार्ग’ सडकको नामाकरण गरिएको छ । सम्मानपछि विश्वकर्माले गृह नगरपालिकाको कदर गर्दै भविष्यमा बागलुङसँग सहकार्य गर्ने योजना व्यक्त गरेका छन् ।