काठमाडौं–डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको राजधानी किन्शासास्थित मकाला जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९ जनाको मृत्यु भएको छ ।

कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीले मङ्गलबार दिएको जानकारीअनुसार २४ जनाको चेतावनीपछि गोली हानेर मृत्यु भएको हो भने बाँकी अधिकांशको मृत्यु भागदौड र भिडभाडका कारण भएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्री शाबानीले भिडियो सन्देश मार्फत घटनाको जानकारी गराउँदै कम्तीमा ५९ जना घाइते भएको र घटनामा धेरै महिलाहरू बलात्कृत भएको बताएका छन् । प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको र तनावपूर्ण अवस्था सिर्जना भएको जनाएका छन् । 

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनमा हाल स्थिति नियन्त्रणमा रहेको बताए । अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्नेबारे भने केही खुलाएका छैनन् ।