काठमाडौं–कञ्चनपुरको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरको उखुबारीबाट १३ फिट लामो ब्रुमाइज पाइथन (अजिङ्गर) को उद्धार गरिएको छ । स्थानीयले यस अजिङ्गरलाई सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडेका हुन् । 

सामुदायिक वनका अध्यक्ष पविराम थारूका अनुसार‚ उद्धार गरिएको पाइथनको तौल ३५ किलो रहेको छ । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीले अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital

वन क्षेत्रमा तालतलैया र सीमसार क्षेत्रको संरक्षण गर्दा अजिङ्गर लगायतका सरिसृपहरूको सङ्ख्या बढिरहेको जनाइएको छ ।