काठमाडौं–सहकारी संस्थामा भएको रकम दुरुपयोगको विषयमा संसदीय छानबिन विशेष समितिको ५१ औं बैठक आज बसेको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा देशभरका १३६९ वटा साना किसान कृषि सहकारी संस्थाहरूका प्रतिनिधिमूलक ३५ जना नेतृत्वकर्ताहरूलाई बोलाइएको थियो ।

जसमध्ये २८ जनाले आआफ्नो संस्था संचालनको अनुभव र स्थितिको जानकारी गराएकाे सभापति सूर्य थापाले जानकारी दिएका छन् ।  सहकारी संस्थाहरूमा देखिएका समस्या‚ चुनौती र समाधानका उपायहरूबारे विस्तृत छलफल भएको छ । किसान सहकारीका प्रतिनिधिहरूले आफ्ना संस्थाहरूमा भएका समस्या‚ रकम दुरुपयोगका घटना र सदस्यहरूको गुनासोबारे समितिलाई जानकारी गराएका छन् ।  

OM Sai Pathibhara Hospital

Samiti 1

Samiti 2

Samiti 3

Samiti 4

Samiti 5

Samiti 6

Samiti 7