एजेन्सी- इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल भएको छ । 

इजिप्टका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदबीच क्षेत्रीय शान्ति सुरक्षा र यसका चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने रणनितिबारे छलफल भएको बताइएको छ । 

OM Sai Pathibhara Hospital

दुई नेताबीच भएको टेलिफोन वार्तामा इजराइलले गाजा क्षेत्रमा जारी राखेको सुरक्षा कारबाहीका साथै गाजा पट्टीमा तत्काल युद्धविराम गर्न र वेस्ट बैंकमा बढ्दो तनाव रोक्न आवश्यक पहल गर्ने विषयमा केन्द्रित रहेको थियो । 

इजिप्टका राष्ट्रपति सिसले इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग इजरायल र हमास बीच एक युद्धविराम र एक कैदीबन्दी विनिमय सम्झौतामा पुग्न मध्यस्थतार्ता भूमिका खेल्नुपर्ने बताएका थिए । 

गाजामा इजराइली सेनाले जारी राखेको आक्रमणमा हजारौ सर्वसाधरण नागरिकको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको तथ्यांक अनुसार त्यहाँ ४० हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।