काठमाडौं–अफगानिस्तानको जेलमा करिब १५० जना विदेशी नागरिकलाई थुनिएको कारागार प्रशासनका एक अधिकारीले आइतबार जानकारी दिएका छन्। 

प्रशासनका कार्यवाहक प्रमुख मौलवी मोहम्मद युसुफ मुस्तारीका अनुसार यी विदेशी नागरिकहरूलाई छली तथा जालसाजी लगायत विभिन्न अपराधमा अभियोग लागेपछि पक्राउ गरिएको हो। उनीहरू छिमेकी मुलुकहरू सहित विभिन्न देशबाट अफगानिस्तान प्रवेश गर्दा पक्राउ परेका थिए। 

OM Sai Pathibhara Hospital

मुस्तारीले हाल आठदेखि नौ हजार अफगानी नागरिक विदेशका जेलमा रहेको र तीमध्ये अधिकांश इरानमा रहेको पनि बताए। अफगानिस्तानको जेलमा हाल एक हजार महिलासहित करिब ११ हजार व्यक्ति रहेका छन्।