एजेन्सी- युक्रेनी सेनाले रुसको बेलगोरोड क्षेत्रमा गरेको आक्रमणमा ५ जनाको मृत्यु भएको छ । 

अन्य ३७ जना घाइते भएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन् । 

OM Sai Pathibhara Hospital

युक्रेनी सशस्त्र सेनाले बेल्गोरोड शहर र यस वरपरका क्षेत्रमा गोलाबारी गर्न भ्याम्पायर मल्टिपल रकेट लञ्चर प्रणालीबाट क्लस्टर हतियारहरू प्रयोग गरेको थियो । 

आक्रमणमा परी घाइते हुने मध्ये ६ जना बालबालिका रहेको बताइएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भिर छ । 

घाइते सबैलाई उपचारका लागि बेलगोरोडको अस्पताल लगिएको अधिकारीहरुले बताएका छन् ।