काठमाडौं–निरन्तरको वर्षाका कारण कालीकोट र दैलेखमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध छ । सडक बन्द भएपछि हुम्ला र मुगुबाट सुर्खेततर्फ स्याउ बोकेर गएका सयौँ गाडी अलपत्र परेका छन् ।

स्याउ व्यापारी रामबहादुर खत्री केही आम्दानी हुने आशा बोकेर स्याउ झारियो‚ चार दिनदेखि बाटोमा थन्किएको भन्दै दु:खेसो गर्छन् । उनले दैनिक गाडी चालक र सहचालकलाई खान बस्न व्यहोर्दै खर्च भइरहेको सुनाए । स्याउ ढुवानी भाडा बढी तिर्नुपर्ने अवस्था आएको स्याउ व्यापारीको गुनासो छ । 

OM Sai Pathibhara Hospital

कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले पहिरो हटाउन जुम्ला सडक डिभिजन कार्यालयसँग समन्वय गरी काम भइरहेको जानकारी गराए । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले पनि सडक खुलाउन तीव्र प्रयास भइरहेको जानकारी गराएका छन् । 

भुसालका अनुसार‚ सडकको पहिरो पन्छ्याएर नियमित आवतजावत हुन अझै दुई दिन लाग्ने देखिन्छ । यद्यपि‚ प्रहरीले पैदल यात्रीलाई सहयोग गर्दै आएको छ ।