एजेन्सी- इजरायली सेनाले वेस्ट बैंकको तुलकारम शरणार्थी शिविरमा आक्रमण जारी राखेको छ । विहिबार सेनाले गरेको आक्रमणमा थप ६ जनाको मृत्यु भएको बताइएको छ । 

सेनाले आक्रमण सुरु गरेपछि दुवै तर्फबाट गोली हानाहान हुँदा पिआइजे कमाण्डरसहित ६ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको हो ।  

OM Sai Pathibhara Hospital

आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल-कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर मारिएका हुन् । 

अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग जवाफी फाइरिमा उत्रिएका बेला उनलाई गोली लागेको स्थानीय स्रोतलाई उदृत गर्दै समाचार संस्था सिन्हाले जनाएको छ ।  

इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले शिन बेटको निर्देशनमा र गोलीबारी पछि विशेष पुलिस इकाईका सदस्यहरूले अबु शुजासहित पाँच आतङ्ककारीलाई मारेको बताएका छन् । 

प्रहरी युनिटका एक सदस्यलाई सामान्य चोट लागेको र उपचारका लागि इजरायलको अस्पतालमा लगिएको छ । 

उता स्लामिक संगठन हिजबुल्लाहले इजरायली सेनाको २१० औं गोलान डिभिजनको मुख्यालयमा आत्मघाती ड्रोन आक्रमण गरेको दाबी गरेको छ । 

बेका र मस्ना क्षेत्रलाई लक्षित गरी आक्रमण भएको हो । हिजबुल्लाहले छुट्टै बयानमा यसका लडाकुहरूले इजरायली साइटहरू रुवाइसात अल-आलम र अल-सामाका साथै जरैत र डोवेभको ब्यारेकहरूमा पनि आक्रमण गरेको बताएको छ ।

यसैबीच लेबनानी सैन्य इजरायली ड्रोन र लडाकु विमानहरूले बिहीवार चार लेबनानी सीमावर्ती शहर र गाउँहरूमा नौ आक्रमण शुरू गरेको बताएका छन् ।