काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीजको नाममा अनावश्यक तडकभडक हुने गरी कार्यक्रम नगर्न निर्देशन दिएको छ । 

तडकभडक र खर्चिलो हुने गरि तीजका कार्यक्रमहरू आयोजना गरेको पाइए कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । 

OM Sai Pathibhara Hospital

जिल्ला प्रशासनकार्यालय काठमाडौले आज एक सूचना जारी गर्दै सो निर्देशन जारी गरेको हो । 

विगतको तुलनामा हालका वर्षहरूमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको प्रशासनले जनाएको छ ।

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको छ ।

‘तसर्थ आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला एवं भड्किलो कार्यकम सञ्चालन नगर्नु/नगराउनु हुन हार्दिक अनुरोध छ,’ प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।