काठमाडौं–जापानमा शानशान नामक टाइफुनले भारी क्षति पुर्‍याएको छ । यो टाइफुन त्यस क्षेत्रमा हालसम्म आएको सबैभन्दा शक्तिशाली टाइफुनमध्ये एक भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

टाइफुनका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । दुई जना गम्भीर घाइते भएका छन् भने अन्य पाँच जना सामान्य घाइते छन् ।

OM Sai Pathibhara Hospital

टाइफुनका कारण क्यूशु टापुको सात्सुमासेन्डाई शहरमा हावाहुरीको गति १९८ किलोमिटर प्रतिघण्टा पुगेको थियो । जसकारण २ लाख ५० हजारभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

प्रशासनले टाइफुनका कारण केही दिनभित्र क्यूशुबाट मध्य र पूर्वी क्षेत्रहरू‚ राजधानी टोकियोसम्म आइपुग्ने अनुमान गरेको छ । तर टाइफुनको बाटो भविष्यवाणी गर्न कठिन भएको छ ।