काठमाडौं–युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणपश्चिम रूसको रोस्तोव क्षेत्रमा रहेको इन्धन भण्डारमा ठूलो आगलागी भएको छ ।

क्षेत्रीय गभर्नर भासिली गोलुवेभले टेलिग्राममाफर्त जानकारी गराउँदै आगलागीलाई नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरू प्रयासरत रहेको जानकारी गराएका छन् । यसबाट आवासीय क्षेत्र प्रभावित नभएको पनि उनले स्पष्ट पारे ।

OM Sai Pathibhara Hospital

सन् २०२२ मा युक्रेन र रूस बीच द्वन्द्व सुरु भएदेखि‚ दुवै पक्षले एक अर्काका इन्धन र ग्याँस सुविधाहरूलाई लक्षित गरेर आक्रमण गर्दै आएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तेल भण्डारणमा लक्षित आक्रमणलाई न्यायपूर्ण अन्त्यको लागि योगदान पुर्याउने बताउँदै सेनाको प्रशंसा गरेका छन् ।