हेटौँडा-  निरन्तर परेको पानीले हेटौँडा–काठमाडौँ जोड्ने २ वटा सडक अवरुद्ध भएका छन्।  सडकमाथिबाट खसेको लेदोसहितको पहिरोले सिस्नेरी–कुलेखानी–फर्फिङ–काठमाडौँ सडक र कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सोमवार ३ बजेर ५० मिनेटमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भन्ज्याङस्थित सिस्नेरी-कुलेखानी-फर्फिङ-काठमाडौँ सडकमा लेदो खसेर बाटो अवरुद्ध भएको हो। 

OM Sai Pathibhara Hospital

प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोलीसहित सडक डिभिजन कार्यालयसँग समन्वय गरी जेसिबीले सडक खोल्न लेदो हटाइरहेको जानकारी उनले दिए। यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकखण्डमा आज दिउँसो ३:२० मा लेदो खसेर सडक अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इलाका प्रहरी कार्यालय ठिंगन र सडक विभाग तथा फास्ट ट्रयाक परियोजनासँग समन्वय गरेर सडक खुलाउन लेदो पन्छाइँदै छ।