काठमाडौँ- सुर्खेतबाट बुटवल जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा दुर्घटना भएको छ। दिउँसो साढे २ बजेतिर भएको बस दुर्घटनामा परेर १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। 

घाइते केहीको सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको छ। बाँकी ९ जनालाई मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ।  अन्यको स्थानीय अस्पतालहरूमा उपचार जारी छ।