काठमाडौं–पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीले बसमा यात्रा गरिरहेका २३ जनाको हत्या गरेका छन् । यी सबै पञ्जाब प्रान्तका बासिन्दा थिए । 

घटना बलुचिस्तानको मुसाखेल जिल्लाको रारा हाशिम क्षेत्रमा भएको हो । सहायक आयुक्त नजीबले बीबीसी उर्दूलाई बन्दुकधारीहरूले बस र ट्रकहरू रोकेर यात्रुहरूको परिचयपत्र जाँच गरेपछि बलूच नभएकाहरूलाई गोली हानेको बताएका छन् । 

OM Sai Pathibhara Hospital

चरमपन्थी समूह बलोच लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिँदै बलुचिस्तानका विभिन्न क्षेत्रमा सडक अवरुद्ध गरेको बताएको छ । 

सरकारी अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले कैयौं गाडीमा आगजनी समेत गरेका छन्‚ र पछिल्लो २४ घण्टामा धेरै सरकारी भवनमा क्षति पुगेको छ । 

बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुग्तीले घटनाको निन्दा गर्दै आकस्मिक बैठक बोलाएका छन्।