काठमाडौं-लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार खियाम सहरमा भएको कारमाथि आक्रमण र टिरी गाउँमा भएको अर्को आक्रमणमा गरी तीन जनाले ज्यान गुमाएका छन् । इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमा आक्रमणलाई तीव्र पारेको छ ।

OM Sai Pathibhara Hospital

यसअघि हिजबुल्लाहले पनि इजरायलमा सयौँ रकेट प्रहार गरेको दाबी गरेको छ । यस घटनाले लेबनान र इजरायलबीचको तनावलाई झन बढाएको छ । त्यस क्षेत्रमा युद्धको स्थिति उत्पन्न हुने खतरा बढेको छ ।