काठमाडौं— सरकार विरोधी आन्दोलनको चपेडाबाट मुक्त भएका बंगालीले यतिबेला बाढी पहिरो र डुबानको पीडा खेप्न थालेका छन् ।

यसअघि सरकारी जागिरमा आरक्षण हटाउनुपर्ने मागसहित विश्वविद्यालयका विद्यार्थीहरूले थालेको खबरदारी सरकारविरोधी आन्दोलनमा परिणत हुँदा ६५० भन्दा बढीले ज्यान गुमाएका थिए । मृतकका परिवारमा परिवार सदस्य गुमेको यो दुखद घटना सेलाउन नपाउँदै अहिले बंगाली नागरिक बाढी, पहिरो र डुवानको चपेडामा परेका छन् ।

OM Sai Pathibhara Hospital

बाढीमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको बंगलादेशको राष्ट्रिय विपद व्यवस्थापन केन्द्रले जनाएको छ ।  विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्रको पछिल्लो दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण झन्डै ५० लाख मानिस प्रभावित भएका छन् । बाढीले बाढी प्रभावित सात जिल्लामा १८ जनाको ज्यान गएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

भारी मौसमी वर्षापछि आएको बाढी र भारतीय सीमानाका पहाडबाट आएको पानीको बहावले सडक बगाएपछि अझै पनि दक्षिणपूर्वी र उत्तरी जिल्लाका नागरिकले संकट भोगिरहेका छन्। बाढीले उत्तरी र दक्षिणपूर्वी क्षेत्रमा धेरै क्षति पुर्‍याएको छ ।