काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको मूल्य कायम गरको छ । आजको मूल्यसूचीअनुसार, सबैभन्दा महँगो तरकारीका रूपमा पार्सले औसत रु १,२५० प्रति किलोग्राममा बिक्री भइरहेको छ ।

अर्कोतर्फ, सबैभन्दा सस्तो तरकारीका रूपमा स्कूस छ, जसको औसत मूल्य रु २५ प्रति किलोग्राम रहेको छ । केही प्रमुख तरकारीहरूको मूल्यमा वृद्धि भएको छ । विशेषगरी, परवर, लौका, घिउ सिमी, तथा ठूलो गोलभेँडाको मूल्य अघिल्लो दिनको तुलनामा महँगिएको छ । 

OM Sai Pathibhara Hospital

समितिका अनुसार, आइतबार ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो रू ८० मा कारोबार भएको छ । त्यस्तै, रातो आलु प्रतिकिलो रू ७०, प्याज रू १०५, स्थानीय गाजर रू १००, बन्दा रू ६०, र स्थानीय काउली रू ८० मा कारोबार भएको छ ।

लाम्चो भन्टा र डल्लो भन्टाको मूल्य क्रमशः रू ४५ र रू ६० रहेको छ, जबकि तने बोडी रू ८० मा कारोबार भएको छ । आज ब्रोकाउलीको मूल्य प्रतिकिलो रू १८०, कन्य च्याउ रू १७०, डल्ले च्याउ रू ३५०, र कुरिलो रू ३५० मा कारोबार भएको छ । थप हेर्नका लागि यहाँ क्लिक गर्नुहोला