एजेन्सी- पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा लुटेराहरूको आक्रमणमा परी ११ प्रहरी अधिकारीको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् । 

पञ्जाव प्रान्तस्थित रहिम यार खान जिल्लाको मच्का क्षेत्रमा लुटेराहरूले करिब २० जना प्रहरी बोकेको दुई वटा भ्यानमा रकेट प्रहार थिए । 

OM Sai Pathibhara Hospital

भ्यानमा सवार प्रहरी अधिकारी त्यस क्षेत्रको चेक पोस्टमा साप्ताहिक ड्युटीबाट फर्किरहेका थिए । 

प्रहरी बोकेका दुई भ्यानमध्ये एककमा समस्या देखिएपछि मर्मतका लागि रोकिएका बेला अचानक रकेट आक्रमण भएको थियो । आक्रमणबाट ११ प्रहरीको घटनास्थलमै मृत्यु भएको पाकिस्तानी सन्चार माध्यमहरुले जनाएका छन् । 

आक्रमणपछि घटनास्थल पुगेको उद्धार टोलीले घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । घाइतेमध्ये दुई प्रहरीको अवस्था गम्भीर रहेको बताइएको छ ।