एजेन्सी- थाइल्याण्डको पूर्वीप्रान्त चाचोएङ्साओमा भएको विमान दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृतकमध्ये पाँच जना चिनियाँ नागरिक रहेको बताइएको छ । 

OM Sai Pathibhara Hospital

दुई पाइलट र सात यात्रु सवार चार्टर स्थानीय समय अनुसार विमान बिहिबार दिउँसो करिव ३ बजेर १० मिनेट जाँदा म्यानग्रोभ जङ्गलमा खसेको अधिकारीहरुले बताएका छन् । 

विमान दुर्घटनापछि खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समय अनुसार पूर्वी तटीय प्रान्त त्राटको यात्रा गर्ने क्रममा विमान दुर्घटना भएको चाचोएङ्साओका गभर्नर चोन्लाटी याङ्ट्रोङले बताउनु भयो । 

थाइल्याण्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस्ना कारभान सी २०८ बी विमानको उडान टीएफटी २०९ राजधानी बैंककको सुवणर्भूमि विमानस्थलबाट उड्ने क्रममा एयर ट्राफिक कन्ट्रोल सेन्टरसँगको सम्पर्क टुटेपछि बेपत्ता भएको थियो ।